प्रहरीलाई नै नक्कली सुन बेच्न खोज्दा…

प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । रामेछापका मोहनकुमार तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो।

महाशाखाका प्रहरी सुन्न किन्न ग्राहक बनेर गएका थिए । तामाङले सुनजस्तो पहेँलो धातु देखाउँदै एक किलो सुन रहेको र सस्तोमा बिक्री गर्ने भन्दै लोभ्याएका थिए । उनी नक्कली सुन देखाएर ठगी गर्ने व्यक्ति भएको सूचना पाएपछि प्रहरीले ग्राहक बनेर गई मंगलबार बाँसबारी गंगालाल अस्पतालअगाडिबाट उनलाई पक्राउ गरेको हो ।

सस्तोमा सुन तथा डलर बिक्री गर्ने भन्दै एकान्तमा बोलाई नक्कली सुन र नक्कली डलर दिएर ठगी गर्ने गिरोह राजधानीमा सक्रिय रहेको महशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । कतिपय त्यस्ता समूहले एकान्तमा भेट्न बोलाएर लुटपाटसमेत गरेकाले सचेत हुन प्रहरीले आग्रह गरेको छ ।

चोरेर भाग्दाभाग्दै पक्राउ
नागार्जुनमा चोरी गरेर भाग्दाभाग्दै दुई युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । दोलखा सैलुङका वीरबहादुर श्रेष्ठ र दावा तामाङलाई चोरी गरी भाग्दै गर्दा घर फुटाउन प्रयोग हुने औजारसहित मंगलबार पक्राउ गरिएको हो । नागार्जुनको देवनगरस्थित नवराज अधिकारीको घरको मूलगेटको लक र दुईवटा कोठाको ढोका फुटाई दराजमा रहेको सुनको गहना र ल्यापटप चोरी गरेर भाग्दाभाग्दै उनीहरू फक्राउ परेको खबर नयाँ पत्रिकामा छ।





Comments

comments

Leave a Reply

19523