कोरियामा भक्तपुर समाजले दशैं कार्यक्रम गर्ने

रमेश खावाजु / एचकेनेपाल डट कम-
दक्षिण कोरिया। कोरियामा नेपालीहरुको महान चाड दशैंको अवसरमा २०१३ अक्टोबर ५ तारिक आइतबारका दिन भक्तपुर समाज, दक्षिण कोरियाले नेपाली संस्कृतिको संरक्षण गर्ने उद्देश्यले “दशैं कार्यक्रम ” गर्ने भएको छ।

दक्षिण कोरियाको बुछनको स्याङ डोङ स्टेशन नजिकैको अन्नपूर्ण रेष्टुरेण्टमा अपरान्ह १२ बजेदेखि शुरु हुने दशैं कार्यक्रममा मिठो नेपाली खानाको साथमा नेपाली परम्परागत तरिकाले मान्यजनबाट निधारमा रातो टिका अनि जमराको साथमा मनाउने जानकारी सो संस्थाका सहकोषध्यक्ष तथा कार्यक्रम संयोजक हरि लामिछानेले बताए। लामिछानेले कार्यक्रममा सहभागी भइ दिन भक्तपुरका साथीहरु तथा कोरियाबासी नेपालीहरुमा अनुरोध गरेका छन्।

नेपालबाट विभिन्न कार्यको शिलशिलामा दक्षिण कोरिया प्रवेश गरेका भक्तपुर जिल्लाका साथीहरुलाई एक सुत्रमा बाँधी भैपरी आउने समस्याहरुलाई निराकरण गर्ने, आफ्नो जिल्लामा पर्यटकहरुको बृदि गराउन ऐतिहासिक, धार्मिक स्थलहरुको प्रचारप्रसार तथा शिक्षा, स्वास्थ्यमा केही सहयोग गर्ने उद्देश्यले स्थापित भक्तपुर समाज, दक्षिण कोरियाको स्थापना गरिएको हो। १ बर्षअघि स्थापित भक्तपुर समाज कोरियाले दशैं कार्यक्रम,गरिब बिरामी तिम्ल्याहा बच्चाहरुलाइ आर्थिक सहयोग तथा अन्य विभिन्न कार्यक्रमहरु गरिसकेका छन्। आउदा दिनहरुमा संस्थालाइ मजबुत बनाइ नेपालका गरिब बालबालिकाहरुको शिक्षाको लागि तथा अन्य विभिन्न कार्यक्रमहरु गर्ने संस्था सचिब संजन जोन्छेलले बताए।

दशैं कार्यक्रमको जानकारी

मिति : आइतबार ५ अक्टोबर २०१४
आयोजक : भक्तपुर समाज , दक्षिण कोरिया l
स्थान : अन्नपुर्ण रेष्टुरेन्ट ,बुछन ,कोरिया l
[ जाने तरिका ; लाइन नं ७ ,sang dong स्टेसन , गेट नं ६ , १० मिटर अगाडी ] [ लाइन १ बाट आउदा onsu योकबाट लाइन नं ७ मा change गरेर sang dong स्टेसन गेट नं ६ मा झर्ने ]

सम्पर्क व्यक्तिहरु
रमेश खावाजु – ०१० ५९२४ ५५७१
दिनेश राज गिरि -०१० ४११२ ७२६२
संजन जोंछें – ०१० ५९२४ २८३९
कृष्ण मुस्यान : ०१० ६४८७ ७६२७
राजेन्द्र कबु : ०१० ८६९५ ३३३५
राजमान प्रजापति : ०१० ७२६३ ०७२७
लक्ष्मण राउत : ०१० २२९७ ९१०६
रमेश गिरी : ०१० ३१४५ २४२०
हरि लामिछाने ०१० २१४३ ९३४३
बलराम राना : ०१० ५९४९ ४३४७३४७





Comments

comments

1954