काठमाडौ, २२ आश्विन। दशैं सुरु भएको घटस्थापनादेखि पूर्णिमा (मंगलबार) सम्ममा देशभर १ सय ३८ जनाको ज्यान गएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बस, ट्रक, टेम्पो, कार मोटरसाईकल लगायतका सवारी दुर्घटनामा परेर उनीहरुको ज्यान गएको हो।
त्यसमा ९० पुरुष, ३८ महिला, ३ बालक र ८ बालिको ज्यान गएको हो । २ सय ४४ जना गम्भीर घाइते भएका छन्। अघिल्लो बर्षको दशैंमा ७० जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका थिए। घटस्थापनापछि शहरबाट गाउँमा दशैं मनाउन जानेको घुईचो र गुणस्तरहिन सडकका कारण दुर्घटना भएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।