Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धन कमाउन विदेश आएकी नेपाली चेली राजदूतावासको शरणमा

नवराज बस्नेत/ एचकेनेपाल डट कम –
अबुधाबी युएई। आफ्नो परिवारलाई सुखी र खुशी राख्ने चाहना कसलाई पो हुदैन र यस्तै सोच्दै ग्याप्चा ३ मोरङकी कमला लामा (नाम परिबर्तन) ले केही गर्ने सोच गरिन्। मोरङकै मिलन तामङसंग उनले आफ्नो दु:खेसो पोखिन्| मिलनले सुर्य तामांगसंग चिनजान गरिदिए| सुर्य तामांगकै अनुरोधमा उनी काठमाडौँ पुगिन्।

काठमाडौँ आएपछि सुर्य तामांगले तिमीलाई राम्रो र धेरै पैसा कमाउने ठाउंमा विदेश पठाईदिन्छु तर मैले भनेको मान्नु भन्ने सर्त गराए। उनले गाउको स्कुलमा जम्मा ५ कक्षा सम्मको अध्ययन गरेकी थिइन्| काठमाडौँ एक गेस्ट हाउसमा करिब तीन महिनाको बसाईपछि उनलाई दुबई पुर्याइयो। दुबई पुग्दासम्म सुर्य तामांगलाई रु. २५,०००|- र उनी बसेको गेस्टहाउसलाई रु. १०,०००|- बुझाएको उनी सम्झना गर्छिन्। तामांगको भनाइ अनुसार दुबईमा खान बस्न र मासिक १,२००|- युएई दिराम पाइन्छ भनेका थिए। तर उनले बल्ल तल्ल ८,००|- युएई दिराम पाइन्। उक्त मासिक तलब पनि उनले समयमा पाउन सकिनन्।

उनले काम गर्दै आएको घरमा सात जनालाई खाना बनाएर खुवाउनु, घरको सरसफाई गर्नु, बगैचामा पानी लगाउनुलगायत सम्पूर्ण काम गर्नु पर्ने थियो। तर पनि उनलाई गालीगलौज गर्ने, समयमा तलब नदिने र कुटपिट समेत भएपछि सहन नसकेर उनी उक्त घर छाडेर अन्य कतै भाग्ने वा मर्ने मनस्थितिमा पुगिन्। जाऊ कतै चिनेको सहारा दिने कोही छैन धेरै पीडामा थिइन् रे। एक दिन बगैचामा पानी लगाउदै गर्दा एक जना बंगालीसंग उनको चिनजान भएछ। उक्त बंगालीले झुटो आश्वासन दिएर काम गर्दै गरेको त्यस घर छाड्न लगायो भन्छिन् उनी। काम गरेको घरमा आफ्नो सबै सामान छाडेर उनी बंगालीले बताए अनुसारको स्थानमा पुगिन्। बंगालीले अनैतिक कार्यमा लगाउने प्रयास गर्दै गर्दा नेपाली ट्याक्सी ड्राइभरसंग भेट भएछ। उक्त ड्राइभरलाई आफ्नो सबै दु:ख सुनाउदै मोबाइल नं. पनि लिने र दिने गरिन्।

ट्याक्सी ड्राइभरले लामाको सम्पर्क नं. र उनले पाएको सबै दु:खको बारेमा नेपाली प्रवासी श्रमिक संघ युएइका संयोजक नवराज बस्नेतलाइ सुनाए। त्यसपछि संयोजक बस्नेत र लामाको बिचमा कुराकानी भयो। संयोजक बस्नेतसहितको श्रमिक संघको टोलीले उनी भएको स्थान पत्ता लगाई नेपाली राजदूतावासमा ल्याइदिए भन्छिन्। नेपाली राजदूत धनन्जय झासंग भेट भएपछि अब चाडै नेपाल फर्कने आशा गर्दै राजदूतावासको सेल्टर कोठामा बसेकी छन्।





Comments

comments

2070