समयमै काम नसक्ने ठेकेदारलाई ७५ लाख जरिवाना तिराइयो

काठमाडौँ, ४ पुस । नारायणगढ मुग्लिन सडक खण्डमा तोकिएको समयमा काम पुरा नगर्ने ठेकेदारलाई कम्पनीबाट ७५ लाख रुपैयाँ जरिवाना असुल गरिएको छ।

सडक निर्माणमा ढिलासुस्ती गरेका कारण सो सडकको पहिलो र तेस्रो खण्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जििरवाना असुल गरिएको खबर नागरिक दैनिकले छापेको छ।

नारायाणगढ मुग्लिन आयोजनाका ईन्जिनियरिङ शिव खनालका अनुसार पहिलो खण्ड आँपटारदेखि झन्डै १३ किलोमिटर खण्ड निर्माणको जिम्मा लिएको बिलएलए श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतादलदेखि मुग्निलसम्मको जिम्मा लिएको सुप्रिम रौताहमा जेभी निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो।





Comments

comments

Leave a Reply

21187