Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएनको दुई करोड लगानीमा शंखमुलमा पार्क बन्ने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २४ असोज। गैरआवासीय नेपाली संघको करिव दुई करोड लगानीमा काठमाडौंको शंखमुलस्थित बागमति नदी किनारमा पार्क र ब्यबस्थित घाट बन्ने भएको छ।

मुख्य सचिव लिलामणि पौड्यालको सक्रियतामा जारी बागमति सफाई अभियान अन्र्तगत बागमतिको किनारलाई ब्यबस्थित बनाउन गैरआवासीय नेपाली संघले हातेमालो गरेको छ।

बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले रकम संकलन गरी सो पार्क बनाउन लागेका हुन्। पार्कको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र मुख्य सचिव लिलामणि पौडेलले शुक्रबार संयुक्तरुपमा शिलन्यास गरेका हुन्।

अध्यक्ष घलेले बागमति नदी केवल नदीमात्र नभई सम्भयतासमेत भएकाले त्यसलाई संक्षरण गर्न भइरहेको प्रयासमा गैरआवासीय नेपालीहरुले हातेमालो गर्न चाहेको बताए। मुख्य सचिव लिलामणि पौडेलले गैरआवासीय नेपालीको प्रयासको प्रशंसा गर्दै गैरआवासीय नेपालीहरुले पार्क निर्माण गरेर राष्ट्रिय भावना उजागर गरेको बताए। यस्तो पवित्र कार्यमा सहभागीता जनाएको संसारभर छरिएर रहेका गैरआवासीय नेपालीलाई धन्यवाद दिए।

संघ अन्तरगत रहेको परोपकार समितिको संयोजनमा यो पार्क निर्माण हुन लागेको हो। पार्कमा पाँचवटा घाट, पोखरी, चौविसैं घण्टा पानी बग्ने शंख लगायत रहने परोपकार समिति संयोजक एवं एनआरएन आईसीसी महासचिव कुमार पन्तले जानकारी दिए।

संघका पूर्वअध्यक्ष जीवा लामिछाने, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक रामप्रताप थापा, संघका अन्य पदाधिकारीहरु तथा सदस्यहरुलगायत गैरआवासीय नेपाली दिवस मनाउन बिभिन्न देशबाट काठमाण्डौ आएका विभन्न मुलुकका एनसिसिका प्रतिनिधिहरु तथा गैरआवासीय नेपालीहरुका साथै स्थानीय समुदायहरुको उपस्थिति रहेको थियो। ३५ रोपनी क्षेत्रफलमा फैलिएको घाट तथा पार्क निर्माण एक बर्षभित्रमा पुरा गर्ने लक्ष्य लिइएको छ।





Comments

comments

2124