Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राज्यकोषको दुरुपयोगः दसैं मान्न प्रधानमन्त्रीले कार्यकर्तालाई दिए २२ लाख

काठमाडौं, २५ असोज। त्यागी प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना कार्यकर्तालाई दसैं खर्च पनि राज्य कोषबाटै दिएका छन्।

-

प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २ सय ९४ जनालाई २२ लाख ३० हजार ५ सय रुपैयाँ वितरण गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

रकम पाउनेमा प्रधानमन्त्री स्वकीय सचिव, मन्त्री तथा कांग्रेसका विभिन्न नेताकिनट व्यक्ति छन्। उनीहरुले २ हजार ५ सयदेखि २५ हजारसम्म पाएका छन्। प्रधानमन्त्रीका भान्जा तथा स्वकीय सपचव रमेश शर्माको तोक आदेशमा २ सय ९४ जनालाई दसैं खर्च दिइएको हो।





Comments

comments

2129