Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तीन गजल संग्रहको एक साथ विमोचन

एचकेनेपाल डट कम संवाददाता-
चितवन। चितवनका तीन जना गजलकारका छुटटा छुटटै तीन कृति शनिबार एक भब्य कार्यक्रमका बीच विमोचन भएको छ। पुष्प अधिकारी अञ्जलिको “वाह ! काठमान्डु”, बिजयराज ज्ञवालीको “सिरानीमा जून” र प्रभाकर पन्डितको “समय” गजल संग्रहको शनिबार भरतपुर १० मा रहेको महाकालेश्वर मन्दिर नजिकैको सगुन पार्टि प्यालेसमा विमोचन गरिएको हो।

अग्रगामी समाज नेपालको आयोजनामा भएको कार्यक्रममा गजलकार घनश्याम न्यौपाने परिश्रमीले समय, कान्तिपुर दैनिकका पारश प्रकाश नेपालले वाह काठमाण्डौ र राजेन्द्र रिजालले सिरानीमा जुन गजल संग्रहको विमोचन गरेका हुन् । ​विमोचित कृृतिका रचनाकार गजलकारले आफ्ना उत्कृष्ट गजलकार्यक्रममा बाचन गरि सुनाएका थिए।

​कार्यक्रममा साहित्यकार धनराज गिरीले पुष्पअधिकारी अञ्जलीको व्यक्तित्व र सृजना, केशबराज आमोदीले सिरानीमा जुन गजल संग्रहमा समेटिएका गजल र गोविन्दराज विनोदीले प्रभाकर पण्डितको गजलकारिताका बिषयमा समालोचनात्मक मन्तब्य राखेका थिए। कार्यक्रममा साहित्यकार प्रेम विनोद नन्दन, साहित्यकार एल वि क्षेत्री लगायतका साहित्यकारले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि पारश प्रकाश नेपाल, विशिष्ट अतिथि डाक्टर घनश्याम न्यौपाने परिश्रमी लगायतले साहित्य क्षेत्रमा देखिएका विकृतिबारे असन्तुष्टी व्यक्ति गर्दै यस्ता प्रबृतिलाई निरुत्साहीत गर्नु पर्नेमा जोड दिएका थिए। कार्यक्रम अग्रगामी समाज नेपालका संस्थापक अध्यक्ष राजेन्द्र रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो।





Comments

comments

2151