घाम र जून कृतिको बिमोचन

सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम –

गत १२ मे २०१८ को दिन वेलायतको स्वीन्डन कम्यूनिटी हलमा एक समारोह बीच “घाम र जून कृतिको विमोचन साथै विश्व नेपाली साहित्य महासङ्घ, वेस्ट यूके शाखा” गठन भयो।

प्रमुख अतिथि स्वीन्डन नागरिक समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार बिष्णु प्रसाद गुरुङ र विशेष अतिथि विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको संयुक्त बाहुलीबाट पानसमा बत्ति प्रज्वलन गरि शुरु भएको कार्यक्रममा कवयित्री नानु रानाद्धारा लिखित कविता संग्रह घामजून कृतिको प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु र स्रष्टा स्वयंद्धारा विमोचन गरियो । कृतिको बारेमा साहित्य महासङ्घ साउथ युके शाखाका पूर्वअध्यक्ष वातावरणविद् साहित्यकार विजय हितान र जानु काम्बाङले विस्तृत समिक्षा गर्नुभयो । त्यस्तैगरि विशेष अतिथि विश्वास दीप तिगेलाले महासङ्घ स्थापनाको आवश्यकता र शाखा निर्माणका फाइदाहरु बारेमा बोल्नुहुदै शाखा निर्माणको लागि आग्रह गर्नुभयो।

कार्यक्रममा स्वीन्डन गोर्खा नेपाली समाजका संरक्षक बल्लब गुरुङ, गोर्खा नेपाली समाजकी महासचिव तथा कवयित्री श्रीमती मनु पाईजा, स्वीन्डन महिला समाजकी निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार श्रीमती बिष्णु सिरिश, किरात धर्म तथा साहित्य उत्थान संघ, युकेका अध्यक्ष राम थेबे, स्वीन्डन किरात याक्थुङ चुम्लुङका सचिव लाल लिङ्देन, स्वीन्डन गोर्खा नेपाली समाजको साहित्य संयोजक श्रीमती गङ्गा थापाको समेत उपस्थिती थियो।

कवि जय तामाङ, मनु पाइजा, सेमन्त राई लगायतका एक दर्जन भन्दाबढि सिर्जनाहरु वाचन भएका थिए । कवि तथा गीतकार भरत लोहोरुङ्ग राई, कवि तथा गीतकार सुरेन्द्र ईङनामले मिठो बाँसुरी धुन सुनाएर सबैलाई मोहित बनाएका थिए।

कार्यक्रमको दोस्रो सत्रमा “विश्व नेपाली साहित्य महासङ्घ, वेस्ट यूके शाखा” गठन भयो । साहित्यकार लाल सुन्दर राईको अध्यक्षतामा ८ सदसिय समिति चयन भयो । जसअनुसार उपाध्यक्षद्धय चन्द्रकला थेवे र भरत लोहरुङ राई, महासचिव जानुका काम्बाङ, सचिव गंगा थापा, कोषाध्यक्ष नानु राना, सहकोषाध्यक्ष मनु पाइजा र सदस्यहरुमा क्रमशः जयराम तामाङ र हरि राई चयन हुनुभएको छ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद र विमोचित कृतिका कवयित्री रानालाई बधाई दिनुहुदै अध्यक्ष राईले सभाको विषर्जन गर्नुभयो । कार्यक्रमलाई आकर्षक ढङ्गबाट जानु काम्बाङले संचालन गर्नुभएको थियो साथै वहाले मुचुङा र विनायो पनि बजाएर रोचकता थप्नु भएको थियो । साहित्य महासङ्घको युकेमा तेस्रो शाखा हो भने सन् २०१० मा स्थापित यस महासङ्घको विश्वभर २७ शाखाहरु निर्माण भएका छन्।





Comments

comments

Leave a Reply

23226