अमेरिका जाने भनेर गएका २३ नेपाली नाइजेरियामा बन्धक

काठमाडौं – अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन्।

बिचल्ली पारिएकामध्ये बागलुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उनीहरुरुलाई लेगोसको एउटा होटलमा बाहिरसमेत निस्कन नदिई राखेका छन्।

रवीन्द्रका अनुसार उनीहरु सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको खबर कान्तिपुर दैनिकमा छ।

‘३० मध्ये ६ जना दलालको चंगुलबाट उम्केर काठमाडौं आएका रहेछन्, उनीहरुले काठमाडौंमा प्रहरी र परराष्ट्रमा दिएको निवेदनपछि एक जना स्थानीय एजेन्टलाई शुक्रबार पक्राय गरिएको थाहा पाएको छु’, रवीन्द्रले भने ।

बिविन्द्रले अमेरिका जान २५ लाख रुपैयाँ दलाललाइृ बुझाएका थिए।





Comments

comments

Leave a Reply

23533