रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई

काठमाडौं – पुरातात्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानपिोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी भएको छ।

यसबारे रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको खबर कान्तिपुरमा छ।

२०७२ को भूकम्पले पोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा मात्रै क्षति पुर्याए पनि यसलाई ब्युटिफिकेसन गर्ने भन्दै आधुनिक निर्माण सामाग्री प्रयोग गरेर पुननिर्माण सुरु गरेपछि विवाद भएको थियो।





Comments

comments

Leave a Reply

24163