बाँदर धपाउन ‘बाँदर घाँस’ रोप्दै

बाँदरले अचाक्ली दुःख दिन थालेपछि तामाकोसी गाउँपालिकाले बाँदर घाँस रोप्ने नीति लिएको छ ।

पहिलो चरणमा भीरकोटमा मोलसेस जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको खबर कान्तिपुर दैनिकमा छ।

बाँदर घाँस रोपेपछि बाँदरको विगबिगी घटेको भीरकोटवासीले बताएका छन् ।

मोलसेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो पदार्थ निस्कने भएकाले बाँदर यसको वरिपरि नै जाँदैन।

यो घासबाट निस्कने झुस शरीरमा टाँसिएपछि निकाल्न नसकिने भएकाले बाँदर टाढैमाट फर्किने गाउँपालिका प्रमुख ईश्वरपचन्द्र पोखरेलले बताए ।





Comments

comments

Leave a Reply

24336