रमेश र लक्ष्मीलाई ‘मिस्टर एण्ड मिस फ्रेसर नेपाल’को उपाधि

काठमाडौँ : एक्सप्लोर इन्टरटेन्मेण्टको आयोजनामा सम्पन्न भएको मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८ सिजन वानमा रमेश डाँगी र लक्ष्मी राउत बिजेता बनेका छन्।

आफूलाई अन्य प्रतिस्पर्धी भन्दा फरक, बौद्धिक रुपमा अब्बल साबित गर्दै रमेश डाँगी र लक्ष्मी राउत २०१८ को अन्तिम छनौटमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन्। त्यसैगरी मिस्टरतर्फ फर्स्ट रनरअप प्रदिप राई र सेकेण्ड रनरअप अशेष डंगोल भएका छन् भने मिस तर्फ फर्स्ट रनरअप स्वेता यादब र सेकेन्ड रनरअपमा कृति महर्जनले उपाधि जित्न सफल भए।

प्रतिस्पर्धी युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिएर उनीहरुको आत्मा बिश्वासलाई अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक सन्दिप श्रेष्ठले बताए।

प्रतिस्पर्धामा संचारकर्मी तथा कलाकार सुर्य चन्द, निर्माता तथा नायिका रोशनी केसी, समाजसेवी कृष्ण देबकोटा, निर्देशक प्रतिमाया पुन तथा संचारकर्मी राजेन्द्र लुइटेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए।

कोरियोग्राफर तथा नायक दिवस धितालले कोरियोग्राफ्री गरेको “मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८” सौन्दर्य प्रतियोगिता एक्सप्लोर इन्टरटेन्मेण्टले आयोजना गरेको हो र कार्यक्रम निर्देशकमा प्रहिल कार्की रहेका छन्।

कोरियोग्राफर दिवस धितालका अनुसार यस पुरुष सौन्दर्य प्रतियोगिताले नेपाली युवा युवतीबीच व्यक्तित्व विकास र आफूसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त भएका छन्। भविष्यमा यस्ता कार्यक्रमले गर्दा युवाहरुलाई प्रोत्साहन मिल्ने आत्मा बिश्वासका साथ उनीहरुको भबिष्य निर्माणमा सहयोग पुग्ने कुरा उनी बताउछन् । मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८ कार्यक्रमको संचालन भिजे तथा उद्घोषक प्रहिल कार्कीले गरेका थिए।





Comments

comments

Leave a Reply

24410