पशन तमू न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङको याउ मा तेइस्थित हेन्री जे लेउङ कम्युनिटी हलमा सम्पन्न वरिष्ठ संगीतकार विक्रम गुरुङको ‘मेरो संगीत यात्रा’ कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस्।
कार्यक्रमको तयारीमा वरिष्ठ संगीतकार विक्रम गुरुङ। फोटोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम
सुपर टाइफूनका कारण स्थगित भएको विक्रम गुरुङको सांगीतिक कार्यक्रम आज हुदै!
पशन तमू न्युज डेस्क / एचकेनेपाल डट कम –
२३ सेप्टेम्बर, हङकङ। सेप्टेम्बर १६ तारिख हुने भनिएको बरिष्ठ संगीतकार विक्रम गुरुङको सांगीतिक कार्यक्रम ‘मेरो संगीतयात्रा’ आज आइतवार साँझ हुने भएको छ।
गुरुङको मेरो संगीतयात्रा कार्यक्रम पूर्वनिर्धारित समय र स्थानमै हुने आयोजक भेटरान ग्रुप हङकङले जनाएको छ।
साहित्यकार तथा प्राज्ञ सरुभक्तको विशेष उपस्थितिमा कार्यक्रम याउ मा तेइस्थित हेन्री जे लेउङ कम्युनिटी हलमा सेप्टेम्बर १६ तारिख साँझ ८ बजे हुने तय भएको थियो। तर, सोही दिन हङकङमा आएको शक्तिशाली सामुद्रिक आँधी (सुपर टाईफून मंगखत) को कारण कार्यक्रम स्थगित भएको थियो।
यो पनि हेर्नुहोस्
विक्रम गुरुङ – मेरो संगीत यात्रा
आज म एक जना लिजेन्ड संगीतकारको कुरा गर्दै छु। जसले गायक अरुण थापालाई रातारात स्टार बनाई दिएका थिए। जसको संगीतमा कालजयी गीतहरुको सृजना भएका थिए।
हजुर म कुरा गर्दैछु। वरिष्ठ संगीतकार विक्रम गुरुङको। परदेशमा बसेर नेपाली गीतसंगीतमा लागि परेका एक सम्माननीय स्रष्टाको नाम हो विक्रम गुरुङ। थप जानकारी पशन तमूको भिडियोमा हेर्नुहोस्…
विक्रम गुरुङद्वारा सृजित कालजयी गीतहरुः
– कतै टाढा तिमीबाट पुगे भने…
– आँखाको नीद खोसि लाने…
– भुलुं भुलुं लाग्यो मलाई…