प्रधानमन्त्री शनिबार किन न्यूयोर्क प्रस्थान जादैछन्?

प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिवार अमेरिका जाँदै हुनुहुन्छ ।

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली नेतृत्वको २० सदस्यीय टोली न्यूयोर्क जाने तयारीमा जुटेको खबर नेपाल समाचारपत्रमा छ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ भन्ने मूल नाराका साथ ७३ औं महासभा मंगलबारदेखि शुरु भएको छ । महासभालाई विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकारप्रमुख र उच्चस्तरीय टोलीले सम्बोधन गर्ने कार्यक्रम छ । उच्चस्तरीय सम्बोधन आगामी मंगलबारदेखि सुरु हुने भए पनि प्रधानमन्त्री ओलीले ११ गते विहीवार मात्रै सम्बोधन गर्ने तालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकर बैरागी, परराष्ट्र प्रवक्ता एवं सह–सचिव भरतराज पौडेल लगायतको टोली रहने बताइएको छ । हाल अस्ट्रिया भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री ज्ञवाली शुक्रबार स्वदेश आएर शनिबारै राष्ट्र संघ प्रस्थान गर्दै हुनुहुन्छ।

राष्ट्रसंघकै जमघटका क्रममा नेपालले सार्क विदेश मन्त्रीस्तरीय बैठक गर्ने तयारी गरेको छ । सार्क संगठनका गतिविधिलाई निरन्तरता दिने वातावरण तय गर्न त्यस्तो जमघटको तयारी भएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री न्यूयोर्क पुगेपछि सार्क विदेशमन्त्रीस्तरीय बैठक आयोजना गर्ने तयारी भइरहेको छ, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले गर्ने अन्य मुलुकका समकक्षीहरुसँगको द्धिपक्षीय भेटघाट र अन्य कार्यक्रम भने तय भइसकेको छैन’–मन्त्रालयका एक अधिकारीले भने।





Comments

comments

Leave a Reply

24921