तेजाब आक्रमण गर्ने पक्राउ

दुई किशोरीलाई तेजाब आक्रमण गर्ने एक युबक प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । तेजाब आक्रमणबाट घाईते भई उपचार गराईरहेका दुई किसोरीको कुरुवा बसेका उनकै एक छिमेकी चन्द्रपुर–६ बस्ने रामबाबु पासवान पक्राउ परेका छन्।

गत भदौ २७ गते राती १२ बजे घरमै सुतिरहेकी जादोलाल दासको १८ बर्षिय छोरी सम्झना दास र १५ बर्षिय छोरीसुस्मिता दास लाई तेजाब प्रहार गरी घाईते बनाएको आरोपमा पासवान लाई पक्राउ गरिएको प्रहरी उपरिक्षक केदार ढकालले बताउनु भयो । पासवाल लाई जिल्ला अदालत गौरबाट ८ दिनको म्याद थप गरी हिरासतमा लिइएको प्रहरी उपरिक्षक ढकालले बताउनुभयो ।

पासवान लाई प्रहरीले किर्तिपुर अस्पताल बाटनै पक्राउ गरेको जनाएको छ । घटनाको एक साता पछि पासवान पक्राउ परेका हुन । तेजाब आक्रमण बाट घाईते दुबै दिदी बहिनीको स्वास्थ्य सुधार हुदै गएको छ । स्थानीयले उनीहरुको उपचारको लागि चन्दा संकलन गरेर रकम उपलब्ध गराउदै आएका छन । उता चन्द्रपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालय गौरले उपचारार्थ रकम सहयोग गरेको खबर नेपाल समाचारपत्रमा छ।





Comments

comments

Leave a Reply

24923