बिदेशमा सिकेको शिप नेपालमा

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –

पोखरा, ११ असोज ।

बेलायतीहरुले लामो समयदेखि कोठा तताउँदै आएको बातावरण मैत्री प्रविधि अब नेपालीहरुले समेत प्रयोग गर्न पाउने भएका छन्।

विगत १६ वर्षदेखि बेलायतमा बसेर यहि प्रविधिको व्यवसायसंगै शिपसंग पौठीजोरी खेल्ने पोखरेली दुई जनाले यसलाई नेपाल भित्राएका हुन्। ति हुन धनु थकाली (पुरन) र जगन गुरुङ । लामो समयदेखि बेलायतमा सिकेको शिप उनीहरुले नेपालमा भित्राएका हुन्।

सामाजिक कार्यसंगै व्यवसायमा दत्तचित्त धनु र जगनले नेपालमा पनि यो ब्यबसाय शुरु गर्ने मनसायका साथ करीब तिन वर्ष अघिदेखि यसलाई परिक्षणका रुपमा नेपालमा भित्राएका हुन । “उतैको सामान किनेर राख्दा प्रविधी मंहगो हुन्छ त्यही भएर नेपाली सुहाँउदो र खर्चले पनि धान्न सक्ने हिसाबले यो प्रविधी भित्रयाउन प्रयासरत पनि छौ ” धनु थकालीले भने । उनले चार वटा कोठका लागि करिब ३ लाख खर्च गर्नु पर्ने बताए ।

खाना पकाउने एलपिजी ग्यासले कोठा तताउने र नुहाउनका लागि तातो पानीसंगै आउने हुनाले सेन्ट्रल हिटिङ सिस्टेम र वाटर हिटिङ प्रविधी शुरुमा राख्दा केही मंहगो देखिने भएपनि प्रयोगका हिसाबले सस्तो हुने थकालीले बताए । बेलायतीहरु बाताबरण मैत्रीका सामाग्री प्रयोगका लागि सचेत भएका कारणले पनि यो प्रविधी बेलायत लगायत यूरोपेली मुलकमा निकै चर्चित रहेको उनको भनाइ छ । यो खास गरि बिरामी, केटाकेटी र वृद्ध–वृद्धाका लागि निकै उपयोगी हुने थकालीले स्पष्ट पारे।

धाराबाट आएको चिसो पानीलाई मेसिनमा भएको सेन्सरले तातो गराउने काम गर्छ । मेसिन भित्रको पानी तातो भएपछि कोठाको वायुमण्डलमा फैलिन्छ र मेसिनमा आफूले चाहेको तापक्रम अनुसार मिलाउन सक्ने गरि सुइचहरु समेत राखिएको छ । वाटर वोइलर हिटर जुन एकदमै शुरक्षित छ यसले ३५ देखि ६० डिग्री सेल्सियस सम्म तापक्रम दिन्छ । यो मेशिनलाई ५ वर्षमा एक पटक मेन्टेनेन्स गर्दा हुने थकालीले बताए । उनका अनुसार दैनिक लगातार चार घन्टा प्रयोग गर्दा एउटा एलपिजी ग्यासले करिब १५ दिन सम्म चार बटा कोठा तताउन र नुहाउन, भाँडा धुन तातो पानी प्रयोग गर्न सकिने बताए ।

अहिले यो प्रविधी पोखराको टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज र काठमाडौ केही घर हरुमा शुरु गरिएको थकालीले जानकारी दिए । “हामीले जहाँ जहाँ यो काम गरेका छौ हाम्रा ग्राहक सदस्यहरु निकै खुसी हुनुहुन्छ जसका कारण हामी निकै हौसिएका पनि छौ” थकालीले भने । उनले नेपालका लागि केही दक्ष कामदारसंगै यो प्रविधीलाई अझै शुलभ बनाउन प्रयासरत रहेको पनि उनले बताए ।

पोखरा पृथ्वीचोक निवासी धनु थकाली विगत दुइ दशकदेखि बेलायतमा बस्दै आएका छन । उनी सहारा यूकेको एफसी सिइओ र बगर भाइ खलकको यूके पोखरा प्रतिनिधिलगायत अन्य सामाजिक संघ–संस्थामा समेत आवद्ध छन । उनले विगतमा करीब ३ वर्ष भूसंरक्षण जलाधार अन्र्तगत बेगनास र रुपातालका लागि जलाधार संरक्षणका लागि समेत ओभरसियर भएर काम गरिसकेका छन । उनी पोखराको चर्चित स्कूल गण्डकी बोर्डिङ स्कूल (इग्बोसा) का सदस्य समेत हुन्।





Comments

comments

Leave a Reply

25054