Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कतारमा भाइटीका र देउसी भैलो

तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
दोहा कतार। नेपाली महिला समाज केन्द्रीय समिति कतारले भाइटीकाको दिन भाइटीका मिलन समारोह तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।

समाजका अध्यक्ष रेखा राईको सभापतित्वमा सम्पन्न भएको मिलन समारोहमा समाजका अध्यक्ष रेखा राई, उपाध्यक्ष संगीता लामा, केन्द्रिय सदस्य लक्ष्मी गुरुङ्, केन्द्रिय सदस्य इसोरा मगरले किरात यायोख्खाका कोषाध्यक्ष लोक बहादुर राईलाई, केन्द्रिय सदस्य अनिता सुनुवारले सुनुवार सेवा समाजका अध्यक्ष सोम सुनुवारलाई, केन्द्रिय सदस्य इसोरा मगरले मगर सेवा समाजका शरण मगरलाई र उपाध्यक्ष संगीता लामा, केन्द्रिय सदस्य लक्ष्मी गुरुङ्गले राजकुमार सापकोटालाई माइतीका रुपमा टीका लगाइदिएका थिए।

नेपाली महिला समाजका उपाध्यक्ष आमिना खाँनको स्वागत मन्तव्य, केन्द्रिय सदस्य विष्णुमाया सुनुवारको संचालन, कोषाध्यक्ष सुष्मिता भुषाल र सहकोषाध्यक्ष रेनुका चौलागाई कार्कीको उपस्थिति रहेको सो समारोहमा समाजका तर्फबाट देउसीभैलो खैल्दै कार्यक्रमलाई थप रोचक बनाएका थिए।

समारोहका प्रमुख अतिथि रहेका एनआरएनए आइसीसी उपाध्यक्ष टिवी कार्की, विशेष अतिथि एनआरएनए एनसीसी कतारका अध्यक्ष मक्सुद आलम, आइसीसी प्रतिनिध उमेश अधिकारी, आइसीसी सदस्य अमृत गुरुङ, एनसीसी सल्लाहकार संयोजक गुरुनारायण रानाभाट, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष दिलकिरण खजुम, जनप्रगतिशील मञ्चका अध्यक्ष होमनाथ शर्मा, कतार नेपाली एकता समाजका महासचिव विष्णु थापा, तनहूँ सेवा समाजका अध्यक्ष धनबहादुर परियार, किरात यायोख्खा शाखा कतारका अध्यक्ष अमृत राई, गुल्मी सेवा समाजका अध्यक्ष शिव खड्का, तमु सेवा समाजका सचिव खुशीमान तमुलगायत संघिय समाजवादी समाज कतार, मुस्लिम सेवा समाज कतार, अर्धाखाँची सेवा समाजका प्रतिनिधिहरुले उपस्थिति जनाई आआफ्ना तर्फबाट शुभकामना मन्तव्य समेत राखेका थिए।





Comments

comments

2547