यमपञ्चकको दोश्रो दिन आज कुकुरको पूजाआजा गरि तिहार मनाईदैं

एचकेनेपाल डट कम सम्वाददाता –

२० कार्तिक। यमपञ्चकको दोस्रो दिन आज घरघरमा कुकुर तिहार मनाइँदैछ। इमानदार पहरेदार जन्तुका रूपमा परापूर्वकालदेखि परिचित कुकुरलाई वर्षमा एकपटक आजको दिन यमदूतका रूपमा पूजा गर्ने चलन छ।

आज गृहस्थीले कुकुरको पूजा गरेर माला लगाई खाना खान दिने गर्छन्। आजका दिनलाई ‘नरक चतुर्दशी’ पनि भन्ने गरिन्छ। आजका दिन बिहान सबेरै नजिकको खोला तथा तलाउमा नुहाई नरक बगाउने गरिन्छ।

महाभारतकालमा सत्यवादी युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहिआएको छ।

अन्तरिक्षमा तत्कालीन सोभियत सङ्घले लाइका नामक कुकुर पठाएको थियो। यमपञ्चकमा काग, कुकुर, गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नुले प्रकृतिका सबै जीवसँग मानव जातिको सह-अस्तित्व रहिआएको छ भन्ने देखाउँछ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

25548