Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
देउसिरे होइन, वाइफाई ! – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

देउसिरे होइन, वाइफाई !

तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो।

तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ । बलिराजाको अनुमति लिएर आएको जानकारी अब भट्याउनेले दिँदैनन्।

बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउँछन् । ढोकामा आइनपुग्दै सोध्छन्, ‘हजुर, वाइफाइको पासवर्ड के हो? ’

सहरमा त मुखले भट्याउने चलन नै हराइसक्यो । रेकर्डेड देउसीभैलो सुनाइन्छ । ‘पंक’ फेसनमा सजिएका युवायुवती भड्किला अंग्रेजी गीत बजाएर नाच्छन् । आपसमा हाँसखेल, रमाइलो र ठट्टा गर्ने बानी छुट्दै गएको छ । इन्टरनेटमा उपलब्ध सामग्रीले आत्मीयता खोसेको खबर अन्नपूर्ण पोष्टमा छ। पुस्तान्तरणसँगै चाडबाड मनाउने शैली पनि बदलिएको छ।

यसलाई स्वाभाविक रूपमा हेर्नुपर्ने संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । ‘समाजलाई विविध पक्षले प्रभाव पारेको हुन्छ । विज्ञानप्रविधिमा भएको चामत्कारिक विकासले नयाँ पुस्तालाई प्रभावित गरेको छ । त्यसैको परिणाम अहिले देखिएको हो।

फाइल फोटो





Comments

comments

Leave a Reply

25546