देउसीभैलोमा रेकर्डेड गीत बजाउन प्रतिबन्ध !

काठमाडौँ। रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन्।

तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बजाउन प्रतिबन्ध लगाएको खबर अन्नपूर्ण पोष्टमा छ।

मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए।

देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो, उनले भने।

नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ।

देउसी भैलोमा ठूलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ।





Comments

comments

Leave a Reply

25544