क्यालिफोर्निया, साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् ।
सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् ।
आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्नै अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए ।
परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् ।
तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिईन् ।
ठट्टा सोच्दासोच्दै सत्य भयो । उनका साथीले भने ।
तिवारी हाईल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए । ती साथीहरुका अनुसार अरु बेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे ।
अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिँन भन्थ्यो, उनका एक साथीले भने, जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरम गरम भन्थ्यो । नयाँ पत्रिकामा यस्तो दुखद खबर छ ।