प्रधानमन्त्रीले पाएको एक लाख डलरको पुरस्कार युवा तथा बालबालिकाको हितमा खर्चिने

विवादित मानिदै अाएको कार्यक्रम एसिया प्यासिफिक सम्मेलनको अन्तिम दिन अाइतबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’द्वारा पुरस्कृत गरिएको छ।

युनिभर्सल पिस फेडरेसनले आयोजना गरेको कार्यक्रमको समापन समारोहमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरसहित प्रमाण पत्र र १८ तोला सुनद्वारा बनेको अवार्ड दिएर सम्मान गरिएको थियो। संस्थाकी प्रमुख हक जा हन मुनले प्रधानमन्त्री ओलीलाई अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी थिइन्।

उनलाई देशमा सुशासन, शान्ति स्थापनाको प्रकृया पूरा गरेको भन्दै सम्मान गरिएको हो। पुरस्कार पाएपछि प्रधानमन्त्री ओलीले अाफूले व्यक्तिगत रुपमा पाएको रकम युवा तथा बालबालिकाको हितका लागि कोष स्थापना गरी खर्च गर्ने बताएका थिए। नयाँ पत्रिकामा खबर छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

25853