Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गोरखाहरुको नागरिकतामाथि राजनैतिक जोड-घटाउ

सन्तोष थलङ (लिम्बू) / एचकेनेपाल डट कम-
काठमाडौं, २ नोभेम्बर। सम्बैधानिक व्यवसाय मन्चका अध्यक्ष डा. चन्द्रकान्त ज्ञवालीद्वारा आयोजित नेपालको नयाँ संबिधानमा नागरिकता सम्बन्धी प्रस्तावित प्रावधान, सरोकार र समाधान का उपायहरु” बिषयक एक दिने अन्तर्कृया कार्यक्रम शनिवार होटल अन्नपूर्णमा सम्पन्न भएको छ।

कार्यक्रममा देश बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई, उनका यथार्थ अवस्था, स्थिति र अधिकारलाई पहिचान गरी उपयुक्त नेपाली नागरिकताको ब्यवस्था आगामी संबिधानमा गरिनु पर्ने बिषयमा गम्भिर बहस भयो।

यसै शिलशिलामा ब्रिटिश गोरखाहरुले बेलायत, हङकङको “मानार्थ नागरिकता” लिएता पनि उनका नेपाली नागरिकताले निरन्तरता पाउनु पर्ने र उनका सन्ततिहरुले बंशजका नाताले नेपाली नागरिकता पाउनुपर्ने बिषयमा कार्यक्रमका अध्यक्ष समेत रहेका संबिधानविध डा. चन्द्रकान्त ज्ञवालीले त्यस्का कारण र आधारहरु प्रस्तुत गरे।

कार्यक्रममा भूपू सैनिक कल्याणकारी समिती नेपालका अध्यक्ष क्या. यामबहादुर बुढाथोकी, उपाध्यक्ष क्या. हिमाल राई कोषाध्यक्ष क्या.देव रानालगायत ब्रिटिश गोरखा नेपाली नागरिकता संघर्श समिती यूकेका प्रतिनिधिहरु र गोरखा भूपूहरुसंग सम्बद्ध सभासदहरू सहभागी थिए।

नेपाली काँग्रेसका सभासद दिलमान पाख्रिन र एमालेकी सभासद तारा राईले गत २६ सेप्टेम्बरका दिन बिवाद समाधान उपसमितिको बैठकमा नेपाली काँग्रेस र एमालेका प्रतिनिधि सभासदहरुले असहमति जनाएका कारण गोरखाहरुलाई राजनैतिक अधिकारबिहिन नागरिकता मात्र दिने सहमति भएकोमा आपत्ति जनाउँदै यस्तो सम्बेदनशिल बिषयलाई क्षणिक राजनैतिक जोड घटाउमा निर्णय गर्न नहुने तर्क राखेका थिए। साथै संबिधानसभा अन्तर्गतको बिवाद समाधान उपसमितिले २६ सेप्टेम्बरको निर्णयलाई सच्याएर ब्रिटिश गोरखाहरुले यथास्थिति मै नेपाली नागरिकतालाई निरन्तरता दिन पाउनु पर्ने व्यवस्थाको सुनिश्चितता गरिनुपर्ने बिषयमा आफ्नो पार्टीमा जोडदार आवाज उठाउने प्रतिबद्धता समेत ब्यक्त गरेको भूपू सैनिक कल्याणकारी समितिका कोषाध्यक्ष क्या. देव राना मगरले जानकारी गराए।





Comments

comments

2601