काठमाडौं , १७ कार्तिक। आइतबार बिहान ललितपुर नख्खिपोटस्थित घरमा पुग्दा १७ वर्षीय रेमण्ड थापाकी आमा गंगा अर्ध बेहोस अवस्थामा थिइन्। अघिल्लो दिन बिहान आफैंले बनाइदिएको खानेकुरा बोकेर बनभोज खान गएको छोरो साँझ त्रिशुलीमा बेपत्ता भएको खबर पाएकी उनी हिक्का छाडै रोइरहेकी थिइन्।
घरभरी छर छिमेकी र नाता गोताको भिड थियो। सहानुभुति दिन आउनेहरुको लर्को लामै थियो। उनी खाटमा सुतिरहेकी थिईन्। आखाँबाट आशुँ र्झन रोकिएको थिएन। सहानुभुती र हौसला दिन आएका आफन्तको कुराले उनी झन भक्कानिथिन्। रुदाँ रुदै उनका आखाँ र अनुहार पुरै रातो र सुन्निएको थियो। तीन छोराकी आमा कान्छो छोरो खोलामा बेपत्ता भएको खबर सहन नसकेको प्रष्ट देखिन्थ्यो। उनी आफैँ मधुमेह र उच्च रक्तचापकी बिरामी पनि रहेकी समाचार कान्तिपुर दैनिकमा छापिएको छ।
त्रिशुलीमा शनिबार बनभोज खान गएका रेमण्ड सहित ३ जना लिलब बहादुर राई र सुलभ गुरुङ बेपत्ता भएका आईतबार साँझसम्म पनि भेटिएनन्। छोराहरु खोलामा हराएको खबरपछि रेमण्डका बुवा मोहन थापा र काका कमल, सुलभ र लिलबका अभिभाबक त्यसतर्फ गए । अनि मलेखु प्रहरीमा खोजतलासीका लागि निवेदन दिए । अनि रात भरी त्यहि बसे । आईतबार सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयूक्त रुपमा ‘सर्च’ गर्दा तीनै जना फेला परेनन् । प्रहरीले शब फेला परेपछि खबर गर्ने बताएपछि उनीहरु काठमाडौं फर्किए । तर फर्किनु अघि उनीहरुले बगाएको ठाउँ देखी बेनीघाटसम्म खोजतलास गरे। ‘जिवित भेट्ने सम्भावना त सकियो’ रेमण्डका बुवाले भने ‘लास भए पनि चाडैं पाए हुनथ्यो, हाम्रो छोराहरुको शब फेला पारिदिने प्रहरी वा स्थानीयलाई हामी पुरस्कार दिन्छौं।’
उनीहरुले खोलाले बगाएर लास हुत्याउन सक्ने स्थानका स्थानीयलाई आफ्नो सम्पर्क नम्बर दिएर आएका छन्। शब तैरिएको वा किनारमा फ्यालिएको देखे खबर गरिदिन अनुरोध गरेका छन्। प्रहरीले खोलाले बगाएका वा डुबाएका ब्यक्ति तुरुन्तै फेला नपर्ने बतायो। धादिङ प्रहरी प्रमुख नायब उपरिक्षक (डिएसपी) प्रकाश मल्लले शरिर भित्रको रगत सुकेपछि मात्र केहि दिनमा माथी तैरिने बताए। ‘तुरुन्तै भेटाउन गाह्रो छ’ उनले भने ‘२/४ दिनपछि फेला पर्छ।’