क्यालिफोर्नियाको सान्ता रोजामा म्ह पुजा तथा सांस्कृतिक कार्यक्रम

नेपाल सम्वत ११३५ र म्ह पुजाको शुभ उपलक्ष्यमा नेवा अर्गनाईजेशन अमेरिकाले यही २४ अक्टोबरका दिन गरेको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

आफ्टरनुन क्लब सान्ता रोजामा भएको उक्त कार्यक्रममा म्ह पूजा गर्नुका साथै विविध नेवारी संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । राकेश महर्जन र मदन महर्जनले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा नेवा अर्गनाईजेसनका निवर्तमान अध्यक्ष नारायण सोमनामे, डिकेन्द्र मास्केलगायतले नेपाल सम्वत र नेपाल संवत शुरु गर्ने शंखधर साख्वाका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा परम्परागत नेवारी नृत्य, लाखे नाच पनि प्रस्तुत गरिएको थियो।

उक्त सांस्कृतिक कार्यक्रमबाट सहभागीहरु भरपूर मनोरञ्जन लिएका थिए । कार्यक्रममा अतिथिका रुपमा एलेक्सले अहिलेको युगमा नेवारी संस्कृतिको महत्व रहेको प्रकाश पार्नुभएको थियो भने भुपेन्द्र उपाध्याय बाजेले परम्परागत संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो

कार्यक्रममा नेवा अर्गनाईजेसन अमेरिकाको नयाँ कार्यसमिति समेत घोषणा गरिएको थियो। कार्य समितिको अध्यक्षमा बुद्ध महर्जन, उपाध्यक्षमा नेबेन श्रेष्ठ मास्के, कोषाध्यक्षमा यज्ञ श्रेष्ठ, महासचिवमा मदन महर्जन र सचिवमा गजु श्रेष्ठ छन् । यस्तै सदस्यहरुमा रमेश श्रेष्ठ, राकेश श्रेष्ठ, केदार महर्जन, रितादेवी प्रधान, रोशन जोशी, यमुना महर्जन, राजकुमार श्रेष्ठ, रजनी सेन ताम्राकार र सुरोज महर्जन रहनु भएको छ।

यसैगरि सल्लाहकारहरुमा डिकेन्द्र मास्के, नारायण सोनम, राजु श्रेष्ठ, ईश्वर मास्के र गोपाल खड्गी रहनु भएको छ। सो अवसरमा नेवा अर्गनाईजेशनका अध्यक्ष बुद्ध महर्जनले अर्गनाईजेशनका पूर्व पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद दिंदै आगामी दिनमा अर्गनाईजेशनलाई सफलताका साथ अगाडि बढाउने अठोट व्यक्त गर्नुभएको थियो।





Comments

comments

2604