श्रेयाका हत्यारालाई आजीवन जेल सजाय

मुलुकी अपराध संहिता २०७४ लागू भएपछि कास्की जिल्ला अदालतले देशमै पहिलोपल्ट प्रतिवादीलाई जीवित रहेसम्म कैदको फैसला सुनाएको छ ।

कास्कीको पुम्दीभुम्दीमा ९ वर्षीया बालिका श्रेया विक (श्रीया सुनार) लाई बलात्कारपछि हत्या गर्ने कुसुम पौडेललाई अदालतले बुधबार आजीवन कारावासको सजाय सुनाएको हो।

जिल्ला न्यायाधीश योगन्द्रप्रसाद साहको इजलासले गरेको फैसला नेपालको न्यायिक इतिहासमा कसूरदार जीवित रहेसम्म कैदमा राख्ने गरी भएको पहिलो हो। अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले संहिताको दफा ४१ ले गरेको व्यवस्था बमोजिम सजाय निर्धारण गरेको बताए। ‘विभिन्न ६ अपराधमा जीवित रहेसम्म कैद फैसला गर्ने व्यवस्था छ,’ उनले भने, ‘जबर्जस्ती करणीपछि हत्या पनि त्यसमध्ये एक भएकोले उक्त फैसला आएको हो।’

पोखरा–२२ पुम्दीभुम्दीको कोदीमा गत असोज ८ मा स्थानीय २७ वर्षीय कुसुम पौडेलले श्रेयाको बलात्कार र हत्या गरेका थिए। असोज २२ मै श्रेयाको परिवारले पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो। अदालतले मंसिर १७ मा पौडेलले श्रेयालाई जबर्जस्तीकरणी गरी मारेको कसुर ठहर गरेको थियो। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26109