काठमाडौँ, राजधाानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका मध्ये केही माथि प्रहरले गरेको अनुसन्धानबाट रोचक तथ्य फेला परेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
परिसरको हिरासतमा रहेका ७७ जना पक्राउ परेका परिसरकार प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिए।
‘पक्राउमध्ये एउटा पाकेटमारको उठबस विदेशी महिलासँग देखियो । उनले यौनप्यास मेटाउन चोरीको पैसा खर्च गरेको भेटियो,’ परिसर प्रमुख लामाले भने, ‘पाकेट मारेको पैसा राजधानीकै नाम चलेका होटलमा गएर राति विदेशी र उच्च जीवनशैली भएका महिलासँग मस्ती गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।