मर्मत गर्न पठाइएको बोइङ २ महिनादेखि मलेसियामै अलपत्र

काठमाडौं । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान काठमाडौं नफर्केको बुधबार दुई महिना नाध्यो । अझै मर्मत गरेर ल्याइने टुंगो लागिसकेको छैन।

निगम व्यवस्थापनले बेलैमा मर्मत गर्न सामान झिकाउन नसकेपछि दुई महिना मलेसियामा अलपत्र परेको खबर कान्तिपुर दैनिकमा छ।

‘इन्जिनको सी डक्ट उपकरण अमेरिकाबाट आइसक्यो मर्मत हुँदै छ,’ निगमका एक अधिकारीले भने, ‘उता न्यु इयर, क्रिसमस चलेकाले जहाज काठमाडौं कहिले आउँछ टुंगो लागिसकेको छैन ।’ ती अधिकारीका अनुसार यस पटक त्यहाँ मर्मतको जिम्मा पाएको इन्जिनियरिङ कम्पनी डेभिएसनले सोमबारसम्म मर्मत गरिसक्ने भाका दिएको छ।

यो विमान लिलाम गर्ने निर्णय पनि निगमले गरिसकेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

26266