हत्या अभियुक्त मेयरलाई सफाइ

काठमाडौं। हिन्दु युवा संघ वीरगन्जका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई सर्वोच्च अदालतले शुक्रबार सफाइ दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको इजलासले उच्च अदालत जनकपुरको जन्मकैदको फैसला उल्ट्याई तिवारीलाई सफाइ दिएको हो।

जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै जनकपुर उच्च अदालतले ०७४ फागुन २५ मा कुशवाहलाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो । कुशवाह तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार भई कटहरिया नगरपालिकाको मेयर निर्वाचित भएका थिए । उनी तत्कालीन मन्त्री प्रभु साहका स्वकीय सचिव थिए।

२०६७ असार १२ मा वीरगन्ज मसानघाटस्थित शिवपार्वती मन्दिर नजिकै तिवारीको हत्या भएको थियो । अदालतको आदेशसँगै उनी शुक्रबारै रिहा भएका छन् । कान्तिपुर दैनिकमा खबर छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

26268