मानव रगत १३ खरब रुपैयामा बिक्री

अर्जुन मैनाली –

आज जनवरी १, २०१९। शुभकामना छ । यस अबसरमा मैले प्लेट्लेट्स दान गरे । तर मैले सित्तैमा दिए पनि मानव रगत १३ खरब रुपैयामा बिक्री भएको छ।

गत बर्ष मलगायत विश्व भरिका करीब ११ करोड २५ लाख जनाले रक्तदान गर्यौ । उक्त परिमाणबाट ३३ करोड ७५ लाख जनासम्मलाई बचाउन सहयोग हुन्छ।

रक्तदाताहरुको अमूल्य रगत सित्तैमा हुँदाहुँदै पनि सहयोगी बजार अनुसन्धान गर्ने संस्थाले ग्लोबल बैन्क मार्केटद्वारा गत बर्षमात्र विश्वभरिमा १३ खर्ब ७१ करोड नेपाली रुपैया बराबरको बिरामीहरुले रगतको मुल्य तिरेको जनाएको छ।

अल्प बिकसित देश नेपालमा एक पोका रगतको लागि नेपाली रुपैया करीब ६०० पर्छ भने बिकासित देश अमेरिकामा २५ हजार रुपैया पर्छ।

रक्त उत्पादन प्रकारको आधारमा विश्वब्यापी रगत बैंकले सम्पूर्ण रगत, रातो रक्त सेल, प्लेट्लेट्स, प्लाज्मा र सेतो रक्त सेलमा बर्गिकृत गर्दछ । रक्त बैंकमा भबिष्यमा बिरामीहरुलाई आबश्यक पर्न सक्ने रक्त संचार गर्नको लागि रगत भन्डार गरिन्छ । रगतको मुल्य निर्धारण गर्दा रक्तदाता आतिथ्य, रक्तदाता स्वास्थ्य परिक्षण, रक्त तत्व तयारी, प्रत्यक्ष तथा अप्रत्यक्ष भण्डार खर्च आदि जोडीएको हुन्छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26343