सुत्केरी भत्ता गायब!

काठमाडाैं । शेरिफ केसी , जितपुर, कपिलवस्तु वाणगङ्गा पिपरास्थित सरकारी अस्पतालबाट सुत्केरी भएका महिलाले साउनदेखि सुत्केरी भत्ता पाएका छैनन्।

साउनयता १८९ जनाले उक्त भत्ताबापतको रकम नपाएको बताइएको छ । सुत्केरी भत्ताको निकासा वाणगङ्गा नगरपालिकाले नगरेकाले भुक्तानी दिन नसकिएको अस्पतालको भनाइ छ।

चालू आर्थिक वर्ष २०७५/२०७६ साउनदेखि मङ्सिरसम्ममा अस्पतालबाट सुत्केरी भएका र नियमित गर्भजाँच गराएका १८९ महिलाले उक्त सुविधा लिन नपाएको अस्पतालका डा देवी श्रेष्ठले जानकारी दिनुभयो ।नेपाल समाचारपत्र खबर छ।





Comments

comments

Leave a Reply

26653