गगन थापाको चेतावनी- ‘सभामुख तटस्थ नबने संसदमा हंगामा हुन्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए शुक्रबार बस्ने संसद बैठकमा मुठभेड पनि हुनसक्ने चेतावनी दिनुभएको छ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा युवा नेता थापाले चिकित्सा शिक्षा विद्येयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको गुनासो पनि गर्नुभयो । सांसद थापाले भन्नुभयो,‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ ।

सभामुख सदनमा आउनुपूर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो, तर सभामुखको पदमा आसिन भैसकेपछि उहाँको दलमा आवद्धता रहनुहुन्न । र रहँदैन भन्ने कुरालाई सँधैभरि हामीले अपेक्षा गर्दछौं । तर, दुःखका साथ भन्नुपर्छ सभामुखको भुमिकाबाट यो कुरालाई महसुस गर्न पाईरहेका छैनौं ।’

उहाँले चिकित्सा शिक्षा विद्येयक अन्य विद्येयकभन्दा फरक विद्येयक भएको पनि चर्चा गर्नुभयो । थापाले भन्नुभयो ‘जुन विद्येयक अनशनबाट डाक्टर गोविन्द केसीसँग सम्झौता भैसके पछाडि सदन चलेको बेलामा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भने पछि मात्रै त्यो अगाडि बढेको छ । त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होईन, प्रश्न यहाँ संसदको पनि हो ।’ नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

26655