६८ प्रतिशत किशोरी छाउगोठमै

जुम्ला: कर्णालीका ६८ प्रतिशत किशोरी महिनावारी अर्थात् छाउ हुँदा अझै गोठमा बस्ने गरेका छन्।

अन्तर्राष्ट्रिय अर्धसरकारी संस्था प्लान इन्टरनेसनल नेपाल र आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाले छाउ हुँदा छाउगोठमा बस्ने महिला तथा किशोरीको अवस्थाबारे कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा सर्वेक्षण गरेको थियो।

उक्त सर्वेक्षणअनुसार कनकासुन्दरी गाउँपालिकामा ६८ प्रतिशत किशोरी र ५८ प्रतिशत महिला छाउ हुँदा अझै गोठमा बस्ने गरेका छन्। जसमध्ये २५ प्रतिशत महिला र १३ प्रतिशत किशोरीले छाउ हुँदा घरभन्दा अलग्गै छाउगोठमा बस्ने गरेको बताएका छन्। यस्तै, १७ प्रतिशत महिला र १९ प्रतिशत किशोरीले मात्रै छाउ हुँदा घरमा बस्ने गरेको तथ्यांक छ। सबै वडाबाट प्रतिनिधित्व हुने गरी प्रत्येक स्थानीय तहका एक सय ४४ जना महिला तथा किशोरीलाई प्रश्न गरिएको थियो। सर्वेक्षण गरिएका तीनवटै स्थानीय तह जिल्लाका अन्य स्थानीय तहका गाउँ बस्तीभन्दा कम छाउ मान्ने क्षेत्र हुन्।

नमुना सर्वेक्षण क्रममा बाल सहभागिता, बाल विवाह, बाल बेचबिखन, किशोरी तथा महिलामा रहेको बालहिंसा र दुव्र्यवहारबारे जानकारी र पहिलो पटक गर्भवती हुँदाको उमेरको अवस्थाबारे तथ्यांक निकालिएको छ। सर्वेक्षणको तथ्यांक मंगलबार सार्वजनिक गर्दै क्याड नेपालकी दीक्षा भाटले भनिन्, ‘नमुना सर्वेक्षणमा सहभागी छाउगोठमा बस्ने महिला र किशोरीलाई सामाजिक दबाब छ, बाध्यताले छाउगोठमा बस्दा उनीहरूको शारीरिक तथा मानसिक अवस्थासमेत कमजोर हुँदै छ।’ अन्नपूर्णपोष्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26657