स्वरसम्राट नारायणगोपालको नयाँ संगीत फेला पर्यो, रामकृष्ण ढकालले स्वर दिने

काठमाडौँ, ‘स्लो बिट’को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ।

धुन र गुनगुन दुवैले नारायणगोपालको पना चिनाउँछ । स्वरसम्राट् नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको अडियो रेकर्ड भेटिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा अजवी पौड्यालले लेखेका छन्।

त्यही धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ । केही समयअघि फेला परेको उक्त संगीतमा विष्णुबाबु देवकोटाको शब्द, प्रदीप श्रेष्ठको एरेन्ज (वाद्यसंयोजन) र रामकृष्ण ढकालले स्वर दिनेछन्।

नारायणगोपालका गीत संगीत र उनका अप्रकाशित सामग्रीको खोजी गर्दै आइरहेका नवराज लामाले उक्त धुन फेला पारेका हुन्।





Comments

comments

Leave a Reply

26659