निर्देशक पाण्डेमाथि नायिका दिपशिखाको यस्तो गम्भीर आरोप

दीपेन्द्र घिमिरे

फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ’प्रेमलीला’की नायिका दिपशिखा खड्काले फिल्मका निर्देशक जनक पाण्डेलाई गम्भीर आरोप लगाएकी छिन्।

उनले फिल्मको आधा छायाँकन सकिन लाग्दा फिल्म छायाँकन सेट छोडेर हिँडेका निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी हुन्।

नायिका खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै फिल्ममा लागानी समेत गर्ने सर्तमा पाण्डे निर्देशक बनेको र छायाँकनको समयमा पैसा निकाल्न नसकी आफूसँग लिएको पैसाको समेत हिसाब-किताब देखाउन नसकेर भागेको बताएकी छिन्।

स्टाटसमा उनले भनेकी छिन्,’मैले बार-बार फोन सम्पर्क गरे, फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन त्यसपछि रिसले गाली गरेर म्यासेज गरे, पुलिस केस गर्ने धम्की दिए तर पनि केही सिप लागेन’ । निर्देशक पाण्डेले आफूलाई धोका दिएको कारण आफूले सुन र गाडी समेत बेच्न परेको गुनासो पोख्दै नायिका खड्काले निर्देशक पाण्डेकी श्रीमती बिष्णु चापागाई पाण्डेबाट आफूलाई विभिन्न अपशब्द सहितका म्यासेज आएको र आफूले मानसिक तनाब भोग्नु परेको बताएकी छिन्।

पछिल्लो समय सार्वजनिक फिल्मसँग सम्बन्धित सामाग्रीहरुमा समेत निर्देशकको नाम हटाईएको छ । ’जसले फिल्मको छायाँकन नै पुरा गरेको छैन उसलाई निर्देशक भनेर मेरो फिल्ममा राखिरहनुको कुनै औचित्य छैन त्यसैले मैले नाम हटाएको हुँ’, नायिका खड्काले भनिन्।

निर्देशक पाण्डेका बिरुद्ध आफूले निर्माता संघ र निर्देशक संघमा निवेदन दिएको समेत खड्काले बताइन् । ’आशा छ म एक महिला भएर नेपाली फिल्म क्षेत्रमा केही गर्छु भन्ने सोचसहित आएको मान्छेलाई निवेदनको आधारमा सम्बन्धित संस्थाले न्याय दिलाइदिनुहुनेछ’, नायिका खड्काले भनिन् । अब फिल्मकी नायिका र निर्देशक बिचको मनमुटावले कुन रुप लिन्छ त्यो भने हेर्न बाँकी छ।

फिल्ममा नायिका खड्कासँगै अलि खान, मौसम खड्का लगायतको अभिनय रहेको छ। प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद समेत नायिका खड्काले नै लेखिकी हुन्।

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छः





Comments

comments

Leave a Reply

26663