जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु

धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टियामा जन्ती सवार बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु भएको छ।

सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको बसमा शुक्रबार साँझ करेन्ट लागेको थियो । बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले उनीहरु सकुशल छन् । तर, जन्ती सवार बसमा भने छतमा राखिएको टिनको बाकसमा विद्युतीय तार छोइएर आगलागी भएको थियो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी हरीबहादुर पालकाअनुसार ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि मृत्यु भएको छ। नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

26673