काठमाडौँका सार्वजनिक स्थलमा माग्नेहरुलाई हटाइने

काठमाडौँ – चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई मगन्तेरहित बनाउने अभियान सुरु भएको छ।

गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई सुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोष, महानगरीय प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, आमाघरलगायत संस्थाको सहकार्यमा राजधानीलाई मगन्तेरहित बनाउन लागिएको समाचार नागरिक दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

26683