सुरक्षा अधिकारी चढेको गाडी दुर्घटनामा, सशस्त्रका एसपीको मृत्यु सिडिओ गम्भीर घाइते

सिमरा : बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहितका सुरक्षा अधिकारी चढेको सरकारी गाडी शनिवार राति दुर्घटनाग्रस्त भएको छ।

यो दुर्घटनामा सशस्त्र प्रहरी बलका एकजना उपरीक्षक (एसपी) को मृत्यु भएको छ । दुर्घटनामा बाराका सिडिओ गणेश भट्टराई गम्भीर घाइते भएका छन्।

कर्मचारी मिलन केन्द्र बाराको वनभोज खाएर फर्कने क्रममा पथलैया–निजगढ सडकखण्डको पसाहा पुलनजिक ना१झ १६३३ नम्बरको जीप दुर्घटना हुँदा सशस्त्रका एसपी बलराम पोखरेलको मृत्यु भएको हो। पोखरेल सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख थिए।

दुर्घटनालगत्तै सिमरास्थित अल्पाइन अस्पतामा उपचारका लागि ल्याइए पनि चिकित्सकले पोखरेललाई मृत घोषणा गरे । दुर्घटनामा सिडिओ गणेश भट्टराईसहित तीनजना घाइते भएका छन् ।

सिडिओ भट्टराईको अवस्था गम्भीर रहेको छ । टाउकोमा गम्भीर चोट लागेकाले उनलाई थप उपचारका लागि वीरगन्ज हेल्थ केयरबाट काठमाडौँ पठाउने तयारी गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

दुर्घटनामा चालक जगत पटेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव र प्रहरी हवल्दार शम्भु गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको खबर अन्नपूर्णपोष्ट दैनिकमा छ।





Comments

comments

Leave a Reply

26685