बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो

विराटनगर, विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ।

पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

शव भेटिएको स्थान वरिपरिको बस्ती पातलो छ । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरी फालेको अवस्थामा बालिकाको निर्वस्त्र शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

बालिकाको अनुहार र कानबाट रगत बगिरहेको थियो । शरीरका अन्य अंगमा पनि नीलडाम छन्।





Comments

comments

Leave a Reply

26693