तेह्र सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी

काठमाडौँ, फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ।

टर्कीका इगा प्रोजेक्टले फ्री भिसा र टिकटको सुविधा दिएर नेपालका ६ वटा म्यानपावर कम्पनीलाई एक हजार तीन सय कामदार पठाउने कोटा दिएको थियो । उक्त कम्पनीले कामदारसँग अतिरिक्त पैसा नलिन निर्देशन दिए पनि त्यस विपरित म्यानपावर कम्पनीहरुले प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म असुलेको खुलासा भएपछि कामदार फिर्ता पठाएको हो।

देशभर छरिएका एजेन्टले विभिन्न प्रलोभन देखाई युरो, मास्टर जब, स्विट्स, डेल्टा, वेस्ट वे र अवसर म्यानपावरमार्फत बेरोजगार युवासँग प्रतिव्यक्ति डेढदेखि चारलाख रुपैयाँसम्म असुल गरेका थिए । त्यसपछि उनीहरुलाई ११ महिनादेखि चार महिनाअघिसम्म टर्की पठाएका थिए। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26695