प्रचण्डको विज्ञप्तिपछि अमेरिकाले माग्यो सरकारको धारणा

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका समर्थन र अमेरिकालगायत पक्षधरको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ।

सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’मा लिएको भन्दै अमेरिकी दूतावसले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्ट पार्न आग्रह गरेको खबर दुर्गा खनालले कान्तिपुरमा लेखेका छन्।

‘सरकारको धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाएका छौँ,’ अमेरिकी राजदूतावासका एक अधिकारीले भने । दाहालले शुक्रबार भेनेजुएलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए।





Comments

comments

Leave a Reply

26697