व्यवस्थापकीय कमजोरीका कारण निगमका सबै चिनियाँ विमान ग्राउन्डेड

काठमाडौँ – नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन्।

निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् । चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ । २ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट विमान यसअघि नै ग्राउन्डेड भएका छन्।

निगमको विमानस्थल स्रोतका अनुसार आन्तरिक उडानका लागि जहाज नै नभएपछि बिहीबार निगमले कुनै पनि आन्तरिक रुटमा उडान तालिका सार्वजनिक गरेन।

‘बिहीबार उडान तालिका नै प्रकाशित भएन’, २२ वटा सेक्टरमा आन्तरिक उडान गर्ने निगमका एक पाइलटले भने। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26741