दूध बेचेर मासिक २२ लाख आम्दानी

गोरखा। गोरखको पालुङटार नगरपालिका च्याङ्लीका गाईपालक राजेन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

दुई दशकदेखि व्यावसायिक रुपमा गाई पादलन गर्दै आएका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत जातका ३ सय ६० गाई छन्।

जसमध्ये १३० दुहुना छन् । एउटा गाईले दैनिक १५ देखि ३० लिटरसम्म दूध दिन्छन् । ३० लिटर दूध दिने गाईलाई दिनमा ३ पटक दुहुने गरिएको छ । फार्ममा दैनिक १४ सयदेखि १४ सय ५० लिटरसम्म दूध उत्पादन हुने गरेको छ । फार्ममा नै चिस्यान केन्द्र राखेका उनले प्रतिलिटर ५३ रुपैयाँमा भक्तपुरको खरिपाटी डेरीमा दूध बिक्री गर्छन् । आम्दानीबाट खर्च कटाएर न्यूनतम ३ लाख रुपैयाँ नाफा हुने पन्तले बताए ।

फार्मका लागि ३ सय ४० रोपनीमा १८ किसिमका घाँस खेती लगाइएको छ । १७ रोपनीमा १३ गाई गोठ, प्रशिक्षण केन्द्र, दाना उत्पादन घर, चिस्यान केन्द्र छ । पशुपालनमा आधुनिकीकरण गर्दै उनले मेसिनबाट दूध दुहुने गर्छन । ‘दूध दुहुने मेसिन ४ वटा, छन् । ६ जनाले २ घन्टामा दुहेर सक्छन्,’ उनले भने । अनुपमा खनालले कारोबारमा खबर लेखेकी छन्।





Comments

comments

Leave a Reply

26890