केटीको विषयमा आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या

पोखरा – पोखराको लेकसाइडमा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीले घाँटी रेटी हत्या गरेका छन्।

पर्वतका वेनि काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफ्नै साथीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए।

केटीको विषयलाई लिएर उनहिरुबीच झगडा हुँदा कुमारले घाँटी रेटी हत्या गरेका हुन् । डल्ली भनिने सुनिता गुरुङ र सचिन बोल्ने क्रममा विवाह गर्ने कुरा सुनेपछि आफ्नो गर्लफ्रेण्डलाई विवाह गर्न लागेको कुरामा विवाद हुँदा सचिनले पहिला कुमारको खुट्टामा चक्कु प्रहार गरेको रानाले जानकारी दिए।

सोही चक्कुले पछि सचिनलाई घोप्टो पारी हत्या गरेको कुमारले बताएका छन् । सचिनको हत्या आफूले गरेको उनले स्वीकारेका छन् । उनले सचिनको पेट र ढाडमा समेत प्रहार गरेका थिए। नेपाल समाचारपत्रमा विजय नेपालीले समाचार लेखेका छन्।





Comments

comments

Leave a Reply

26898