ठगी मुद्दामा अधिवक्ता शिवाकोटी, सम्पति गुम्ने डरले श्रीमतिबाट सम्बन्ध विच्छेद

काठमाडौँ – सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा देशका वरिष्ठ अधिवक्ताहरू नै अर्का एक अधिवक्ताबाट ठगिएका छन्।

आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनले कानुनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाएको रकम ठगी गरेको समाचार नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

२ करोड ७६ लाख हिनामिना गरेको अभियोगमा अधिवक्ता तथा मानवअधिकारकर्मी सिवाकोटी र उनका साथी बद्रीकुमार थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा कलेज स्थापनाका लागि खोलिएको मञ्जुश्री एकेडेमी कम्पनीको रकम सिवाकोटी र थापाले व्यक्तिगत प्रयोजनमा खर्च गरेका हुन् । कम्पनीका सेयरधनी रहेका सर्वाेच्चकै पूर्वन्यायाधीश भरतबहादुर कार्की, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, विश्वकान्त मैनाली, श्रीहरि अर्याललगायत पीडित बनेका छन्।

कलेज सञ्चालनका लागि भनेर जम्मा गरेको रकम उनीहरूले हिनामिना गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताए । ‘दुवैजनालाई ठगी मुद्दामा जिल्ला अदालतले सात दिनको म्याद दिएको छ,’ उनले भने।

अधिवक्ता सिवाकोटीले भने आफूले लिएकोमध्ये धेरै रकम साथी बद्रीकुमार थापालाई दिएको बताएका छन् । थापाविरुद्ध यसअघि नै कम्पनीले उच्च अदालत पाटनमा चेक अनादार मुद्दा दायर गरिसकेको छ । उनले कम्पनीलाई एक करोड ६ लाखको चेक दिएकोमा बाउन्स भएपछि मुद्दा दायर भएको थियो । पटक–पटक छलफलमा बोलाउँदा पनि पैसा फिर्ता नदिएपछि ठगी मुद्दामा जाहेरी दिइएको कोइरालाले बताए।


श्रीमतीको नाममा सम्पत्ति जोडे, गुम्ने डरले कानुनी रूपमै श्रीमतीसँग सम्बन्धविच्छेद गरे

सिवाकोटी र थापाले ठगी गरेको रकमबाट श्रीमतीको नाममा सम्पत्ति जोडेको अनुसन्धानमा खुलेको छ । थापाले काठमाडौंको टोखा र चितवनमा जग्गा किनेका छन् । सिवाकोटीले पनि श्रीमतीको नाममा सम्पत्ति जोडेका छन् । कम्पनीले उनीहरूका श्रीमतीलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको छ । तर, सम्पत्ति गुम्ने भएकाले दुवैले श्रीमतीसँग कानुनी रूपमा भने सम्बन्धविच्छेद गरेका छन्।





Comments

comments

Leave a Reply

26905