यौन दुर्व्यवहारलगायतका आरोप लागेपछि तपस्वी बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन्

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ।

आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन्।

‘बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले भने, ‘उनका अनुयायी यही छन्, भन्छन् तर हामीसँग उनी यही छन् भन्ने केही आधार छैन।’

आश्रमभित्र अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, यौन दुव्र्यहार भएको जस्तो आरोप लागेपछि बम्जन सार्वजनिक भएका छैनन् । नागरिक दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

27022