राउटेले सुरु गरे जागिर

सुर्खेत, राउटेहरु स्पष्ट तीन मान्यता राख्छन् खेतीपाती नगर्ने, लेखपढ नलाग्ने र जागिर नखाने ।

आफ्नै मान्यताविपरित पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँच जना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन् । पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन्।

सुर्खेतको तेकबेँसी नगरपालिकामा बस्दै आएका राउटे समुदायका पूर्वमूखिया महिनबहादुरसहित अहिलेका मुखियाहरु सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शाहीलाई दैलेखका सामाजिक सेवा केन्द्र (सोसेक)ले राउटे सामाजिक कार्यकर्ता पदमा जागिर दिएको समाचार नागरिकमा नगेन्द्र उपाध्यायले लेखेका छन्।

‘वनमा काठ काट्न पाइँदैन, जहान छोराछोरी पाल्न जागिर त खानै प-यो,’ नियुक्ति पत्र बुझेपछि महिनबहादुरले भने, ‘यो हाम्रा लागि रहर नभएर बाध्यता हो ।’





Comments

comments

Leave a Reply

27030