अमेरिकी उपरक्षामन्त्रीलाई चिनियाँ राजदूतले थर्काइन्

काठमाडौं – छिमेकमा चिनियाँ लगानीबारे अमेरिकाले पारदर्शिताको प्रश्न उठाएपछि चीनले असन्तुष्टि जनाएको छ।

चिनियाँ राजदूत होउ यान्छीले कोसौँ टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् । हिमाल र नदीनालाले जोडिएको नेपाल चीन वर्षौदेखिका दुःख सुखका छिमेकी भएको उनको भनाई छ।

अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा निचिया लगानी नेपालको हितमा हुनुपर्ने बताएका थिए । यो पारदर्शी पनि रहनुपर्ने उनको धारणा थियो।

राजदूत होउले भने अर्काको लगानीको टिप्पणी गर्नुभन्दा आफ्नो सहयोग अघि बढाएर ती मुलुकको सम्पन्नता अभियानमा सघाउनु पर्ने बताइन्। अन्नपूर्णामा निर्दोष घोरसाइनेले समाचार लेखेका छन्।





Comments

comments

Leave a Reply

27075