मध्यतराईमा सक्रियता बढाउँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं – दमकस्थित आफ्नो स्वामित्वमा रहेका हिमालयन टि गार्डेनमा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण फागुन २२ गतेबाट सुरु हुने भएको छ।

देश दौडाहाको क्रममा उहाँको पहिले भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दू राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसँगै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो यात्रा सुरु गर्न लाग्नुभएको हो।

उहाँ केही दिन जनकपुर बसेर सोही होटलबाट मध्यतराईको यात्रा तय गर्न लाग्नु भएको हो । स्रोतका अनुसार २२ गते जनकपुर पुगेर राजनीतिक भेटघाट गर्ने त्यसको भोलिपल्ट २३ गते सिराहा भ्रमण गर्ने कार्यक्रम तय भएको छ । ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा यो समाचार लेखेका छन्।





Comments

comments

Leave a Reply

27122